अध्यक्ष नेपालद्धारा एमसीसी देश जनताको हितमा नभएको भन्दै ठाडै अस्विकार

  Sampatti News

September 10, 2021

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फातिमा सुमारलाई राष्ट्र हितविपरित रहेर एमसीसी स्वीकार गर्न नसकिने बताएका छन् । अध्यक्ष माधवकुमार नेपालले एमसीसी मात्रै नभई राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका हुन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले एमसीसीबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्।

नेपालले एमसीसी उपाध्यक्ष फातिमा सहितको टोलीसँग छलफलका क्रममा देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए।

छलफलमा सहभागी समाजवादीका नेता गंगालाल तुलाधारले नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएक अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेको बताए ।

तुलाधरले सुमारको भनाई उदृद्ध गर्दै भने ‘हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ, एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।’

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्।

‘तपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्, तपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ।’ नेता नेपालले भने ।
नेपालले राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी नलिने बताउँदै एमसीसीको ठाडो अस्विकार गरेका हुन् । उनले हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न नखोज्न समेत आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले एमसीसी टोलीसँगको छलफलमा कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्र मान्य नहुने पनि बताए। कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्रहरु हामीलाई मान्य हुने कुरै भएनु, नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले थपे, हामी त्यसलाई स्वीकार्न सक्दैनौँ। केही षड्यन्त्र र रणनीतिक योजना घुसेर आउने कुरा स्वीकार्न सकिँदैन।

त्यसपछि उपाध्यक्ष सुमारले एमसीसी सैन्य रणनीतिको अंश हुँदै नभएको बताएकी हुन् । उनले भनिन् ‘यो एक सय प्रतिशत सैन्य रणनीतिको अंश हुँदै होइन। यो विशुद्ध आर्थिक सहयोग होु’ यसमा तपाईंहरु कन्फ्युज हुनुपर्ने कुनै कारण छैन। त्यसैले हामी थप दस्तावेज लिएर आएका छौँ। तपाईंहरुले यी दस्तावेज पनि अध्ययन गर्नुस्।’

सुमारको जवाफ पछि नेपालले फेरी भने ‘तपाईंहरुले त भन्नु भयो तर तथ्यले बोल्नुपर्यो नि, तपाईंहरुको तथ्यले त बोल्न सकेन, तपाईंहरुकै मान्छेहरुले पटक पटक एमसीसीबारेमा विवादास्पद धारणा सार्वजनिक गरिरहनु भएको छ। हामीले कसरी विश्वास गर्ने ?’

एमसीसी टोली फेरी स्पष्टिकरण दिँदै अमेरिकी सरकारको दस्तावेज नै ल्याएको बताएका छन्। हामीले अमेरिकी सरकारको आधिकारिक डकुमेन्ट ल्याएका छौँ, यो अध्ययन गर्दा पनि हुन्छु, बैठकमा सुमारले भनिन्, उपयुक्त लाग्यो भने स्वीकार गर्नुस्, लागेन भने हामी तपाईंहरुलाई दबाब दिन आएका होइनौँ, दबाब पनि दिँदैनौँ।

उनले भनिन् ‘एमसीसी चार वर्षदेखि अड्किरहेको छ, चार वर्ष भइसक्यो, यसबारे धेरै खालका कुराहरु उठेकाले अन्योल सिर्जना भयो, यसलाई स्पष्ट पार्ने गरी हामी आएका हौँ, यहाँ हामी दबाब दिने गरी आएको नबुझियोस्।
जवाफमा नेता नेपालले अहिले पाँच दलीय सरकार भएकाले एमसीसीबारे साझा धारणा बनाउन जरुरी रहेको पनि बताएका छन्।

अहिले हाम्रो पाँच दलीय गठबन्धन सरकारो हो। पाँच दलको साझा धारणा नभइ हामी यसबारे यसै भन्न सक्दैनौँ, उनले भने, किनभने पाँच दलबीचमा सबैको चित्त बुझ्ने गरी छलफल गर्छौँ। त्यसपछि मात्रै हामी निर्णयमा पुग्छौँ।

प्रकाशित मिति:September 10, 2021