October 6, 2021
सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने
काठमाडौँ । यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् ।
बिगतदेखि संघीय सांसदका लागि दिँदै आएको दशैँ भत्ता यस पटक काटिएको हो ।
संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै खातामा राखिदिएको जनाएको छ ।
दशै भत्ता खातामा नआएपछि केही सांसदहरुले सचिवालयमै आएर आक्रोश समेत व्यक्त गरेका छन् ।
गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैं भत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।
बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँदै आएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना सांसद रहेका छन् ।
संघीय सांसदहरुका लागि प्रतिमहिना २ करोड ९८ लाख ४६ हजार र सांसदका निजी सचिवका लागि १ करोड ४३ लाख ७४ हजार खर्च हुने गरेको छ ।
सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने
प्रकाशित मिति:October 6, 2021
November 23, 2024