सरकार गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउदै

  Sampatti News

October 8, 2021

सरकार गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउदै

काठमाडैँ-आज मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउन लागेको हो ।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको प्रधानमन्त्रिका प्रेस सल्लाहकार भानु देउवाले जानकारी दिएका छन् ।

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको उनले बताए । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

सरकार गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउदै

प्रकाशित मिति:October 8, 2021