समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

  Sampatti News

March 21, 2022

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताउनुभएको छ ।

देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ भन्नुभयो ।

अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासङ्घले सहकार्य गरेर अघि बढिरहेको छ भन्नुभयोे ।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रजातन्त्र, समावेशी सिद्धान्तका क्षेत्रमा फोनिजको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरि ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको हो भन्नुभयो ।

आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदै छ ।

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

प्रकाशित मिति:March 21, 2022