विद्युत क्षेत्रमा मौसमी संकट उत्पन्न: तर लोडसेडिङ गर्दैनौं: घिसिङ

  Sampatti News

March 24, 2022

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत क्षेत्रमा ठूलो संकट उत्पन्न भएको भएको बताएका छन् ।

संकट उत्पन्न भएता पनि लोडसेडिङ हुन नदिने तर्फ प्राधिकरण सर्तक रहेको उनले बताएका छन् ।

सुख्खाको समयमा यस्तो समस्या आउने गरेको बताउदै घिसिङले संकट लामो समय नरहने बताए ।

उनले मिडियालाई लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन समेत आग्रह गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले यो कहिलेकाहीँ उत्पन्न हुने संकट भएको प्रष्ट पारेका छन् ।

कुलमानले प्राधिकरणले विजुलीको मूल्य समेत नबढाउने बताएका छन् ।

प्राधिकरणले महंगोमा किने पनि पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गर्ने उनको भनाइ छ ।

संकट बढीमा डेढ महिना चल्ने अनुमान गर्दै उनले त्यसपछि आफ्नै विजुली पर्याप्त हुने बताए ।

हाल सुख्खा मौसम सुरुभएसँगै नेपालका धेरै जलबिद्य्युत आयोजनाको उत्पादनमा कमी आउदै गएको छ ।

बिद्य्युत उत्पादनमा कमी आएसँगै हाल माग धान्न करिब ३०० मेगावाट बिजुली आबश्यक परेको छ ।

प्रकाशित मिति:March 24, 2022