March 25, 2022
काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आरोप लगाएका छन् ।
आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ ।
नेपालले आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेको बताएका हुन् ।
राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् ।
किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’
आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे ।
त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए ।
त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले भने, ‘पहिले तपाईंहरु आफ्नो शक्तिमाथि भरोसा गरेर, संगठन निर्माण गरेर, आफ्नो हैसियत कायम राखेर अघि बढ्नुस् । आफ्नो हैसियत नभएकालाई कसैले पत्याउँदैनन् ।’
उनले आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै उनले खुसी व्यक्त गरे ।
अब कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने भनेर औपचारिक निर्णयलाई आफूहरुले कुरेको नेता नेपालले बताए ।
प्रकाशित मिति:March 25, 2022
November 24, 2024
November 23, 2024