मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

  Sampatti News

April 20, 2022

काठमाडौं – तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 20, 2022