सिरहाको लहान नगरपालिकामा नेकपा एकिकृत कार्यकर्ता र प्रहरीबीच झडप

  Sampatti News

April 26, 2022

काठमाडौं – सिरहाको लहान नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
उम्मेदवारी दर्ता गराएपनि निस्सा नदिएको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरु ढुंगामुढा गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सो क्रममा एकिकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गरेका छन् ।

समयमै उम्मेदवारी दर्ता गराएका थियौं’, एकिकृत समाजवादीका नेता सत्यनारायण यादवले भने, ‘तर मुनी साहले नगरपालिकामा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि उनीहरुले फायलहरु नै गायब गरे ।

डिएसपीलाई भनेर फाइल खोज्न लगाएपछि सिस्टम नै काम नगरेको भन्दै निर्वाचन अधिकृतले निस्सा दिन मानेका छैन् । सोही कारण आक्रोशित बनेका कार्यकर्ताहरु सामान्य तोडफोड गरेका छन् ।

मुनी साह लहानका निवर्तमान मेयर हुन् । गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उनी पुनस् एमालेबाटै मेयरमा उम्मेदवारी दिएका छन् । मेयर हुंदा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले राखेका कारण उनीहरु एकिकृत समाजवादीका उम्मेदवारहरुलाई उम्मेदवारी दर्तामा समस्यामा पारेको आरोप लागेको छ।

प्रकाशित मिति:April 26, 2022