आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू

  Sampatti News

May 15, 2022

काठमाडौं- आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ ।
जेठको सुरुवात १ गते देखि सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १ सय २९ दिन छुट्टी मनाउन पाइने भएको छ । यसमाथि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएपछि छुट्टीको दिन बढेको छ । ३६५ दिनमध्ये यस वर्ष ४४ दिन आइतबार परेको छ ।

सार्वजनिक बिदा परेको दिन घटाउँदा यसवर्ष ४८ दिन शनिबारको बिदा हुनेछ । सार्वजनिक बिदा परेको दिन घटाउँदा ४४ दिन आइतबारको बिदा र थप ३७ दिन सार्वजनिक बिदा हुनेछ ।

हप्ताको दुई दिन बिदा लागू भएसँगै जेठको सुरुवातीमै लगातार दुई दिन बिदा भएको छ । जसमा जेठ १ गते आइतबार नयाँ लागू भएको आइतबारे बिदा र २ गते बुद्ध जयन्तीको बिदा रहेको छ ।

प्रकाशित मिति:May 15, 2022