भक्तपुर सूर्य नगर टोल सरसफाइमा उत्कृष्ट

  Sampatti News

June 3, 2022

भक्तपुर । आफ्नो टोल आफै सफाइ गरौ अभियानमा भक्तपुर जिल्लामा सुर्य नगर टोल बिकास समाज अगाडी देखिएको छ । सुर्यबिनायक नगरपालिका को ५ नम्बर वडा भित्र रहेको सो स‌स्था अनि यस वस्तिमा बस्नेहरू असाध्यै जागरुक देखिएको नेप्सेम्याक सफाइ अभियानका शाखा प्रमुख बाबुराम चौलागाईंले बताउनुभएको छ ।

आज जेष्ठ २० गते बिहान ७ बजे गरिएको सफाइ अभियानमा टोलवासीले आफ्नो वस्ती सफाइ गरेको दृश्य साँच्चै अरु वस्तीको निम्ति अनुशरणिय रहेको शाखा प्रमुख गोबिन्द आचार्य कार्यक्रम समापन पश्चात् टोल सफाइ अभियानमा जुटेका समुहबीच बताउनुभयो । झण्डै एक सय घरहरू रहेको सो वस्तीको एकता र सामुहिक भावनाले कोरोनाका बखत होस वा भुकम्पका बेला होस मानवीय सेवाको कार्यमा समेत टोल वासी लाई सक्रिय गराएको थियो ।

वडाको नजर असारे बिकासमा मात्र केन्द्रितभएको हुँदा भित्री वस्तीहरुमा सर्वसाधारणहरुलाई हिँडडुल गर्न धेरै कठिनाइ भैरहेको मुक्त जिसिले सम्पत्ति न्युजलाई बताए । वर्षातको याम केटाकेटीहरुलाइ हिलो चिप्लो बाट जोगाउनु हाम्रो दायित्व सगै सबैका निम्ति बाटो राम्रो र सफासुग्घर राख्नुपर्ने भएकाले नै हामी जुटेका छौ सस्थाका सल्लाहकार गोबिन्द चौलागाईंले बताउनुभयो ।

जे होस नेप्सेम्याकको सहकार्यमा आज भएको सरसफाइ अब हरेक महिनाको अन्तिम शुक्रवार बिहान ७ बजे देखि ८ बजे सम्म सफाइ अभियानमा लाग्ने गरि आजको कार्यक्रम समाजका अध्यक्ष समाजसेबी बालकृष्ण न्यौपानेले कार्यक्रम समापनको मन्तव्य राख्दै सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो । बिहान भएको कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईं डाक्टर वकिल सहित विभिन्न पेशामा आबद्ध सबैको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:June 3, 2022