घट्यो गाडी भाडा, कहाँको कति ? (सूचीसहित)

  Sampatti News

June 3, 2022

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको छ ।

विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन् ।

https://drive.google.com/file/d/1vOASv3LJ0nTX9-g_oN9xYUK09U5tu1ea/preview

प्रकाशित मिति:June 3, 2022