अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

  Sampatti News

June 3, 2022

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको छ । महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका २ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:June 3, 2022