तानसेनमा वडा भवन निर्माण सुरु

  Sampatti News

June 5, 2022

पाल्पा । तानसेन नगरपालिका–११ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ । शनिबार तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले भवनको शिलन्यास गर्नुहुँदै संरचना बलियो र व्यवस्थित भयो भने सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

आर एण्ड आर सिभिल कन्स्ट्रक्शन सेवा कम्पनीले कूल लागत रु ८० लाख ७० हजार ५०१ लागतमा सम्झौता गरी काम सुरु गरेको हो । सो भवन आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको छ । जिल्ला समन्वयबाट ६० प्रतिशत र तानसेन नगरपालिकाबाट ४० प्रतिशत रकम भवन निर्माणका लागि विनियोजन बजेटबाट काम थालनी गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताउनुभयो ।

लिपिन्देवी मन्दिरको परिसरबाट हाल वडाले सेवा प्रदान गरिएको छ । जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको वडा कार्यालयको व्यवस्थित भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो ।

प्रकाशित मिति:June 5, 2022