पनौतीमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  Sampatti News

June 5, 2022

पनौती । गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । बनेपा सडकखण्ड अन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे हाे ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति:June 5, 2022