फर्पिङको जंगलमा युवा–युवती मृत भेटिए

  Sampatti News

June 6, 2022

काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले जानकारी दिएका छन् । उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनास्थलमा अपराध महाशाखाको टोली अनुसन्धानका लागि पुगेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:June 6, 2022