बर्दिया जिल्लाको घटनाबारे छानबिन

  Sampatti News Online

June 7, 2022

काठमाडौँ – गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं। २ मा हिजो (सोमबार) प्रहरीको गोलीबाट नबिना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन छानबिनगरेका हुन् ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:June 7, 2022