भक्तपुरको लोकन्थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

  Sampatti News Online

June 7, 2022

काठमाडौं । भक्तपुरको लोकन्थली चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प १६२० नं।को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नंं।को दूधको ट्याङकरले ठक्कर दिँदा स्कुटी चालकको ज्यान गएको हो । ठक्करबाट गम्भीर घाइते हुनुभएको काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं।५ बस्ने ४५ वर्षीय नकुल थापाको उपचारको क्रममा नागरीक अस्पताल ठिमीमा मङ्गलबार बिहान साढे चार बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक भक्तपुर नगरपालिका वडा नं.२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ।

प्रकाशित मिति:June 7, 2022