बुधवार सुन चाँदीको मूल्य स्थिर

  Sampatti News Online

June 8, 2022

काठमाडाै‌ – स्थानीय बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य मंगलवार जस्तै प्रतितोला ९७ हजार ५०० रुपैयाँमा स्थिर छ ।

यसैगरी यो दिन चाँदीको मूल्य भने बढेको छ । यो दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन मंगलवार १ हजार २७५ रुपैयाँ प्रतितोला चाँदीको खरीदविक्री भएको थियो ।

प्रकाशित मिति:June 8, 2022