बञ्चरेडाँडामा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

  Sampatti News

June 8, 2022

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा आज स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हाे ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।

प्रकाशित मिति:June 8, 2022