१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

  Sampatti News Online

June 14, 2022

ओखलढुङ्गा ।१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो ।

बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पूर्ण प्रसाद फुयाँल रहेका छन् ।

बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत वैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति:June 14, 2022