कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

  Sampatti News Online

June 15, 2022

काठमाडौं । कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडि सवार बालक गम्भीर घाइते भएका थिए ।

कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति:June 15, 2022