साझा यातायातमा जागिरको अवसर (सूचनासहित)

Nepal Cover
३ असार २०७९, शुक्रबार
image

काठमाडौँ । साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । सातौँदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरिएको हो ।

इन्जिनियरिङ, लेखा, प्रशासनदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारीका लागि साझाले दरखास्त आह्वान गरेको हो ।

२१ दिनभित्र अर्थात् असार २३ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिनेछ ।