बालिका हराएको सूचना ! छोरी सम्झेर १ सेयर गरिदिनुहोला ! १ सेयर ले छोरी भेटिन सक्छिन !

Nepal Cover
३ असार २०७९, शुक्रबार
image

वर्ष १३ की गरिमा सेढाई (लक्ष्मी) नाम गरेकी बालिका काठमाडौंको काँडाघारी हरहर महादेबबाट मिति २०७९/०३/०३ गते बिहान ६ : ३० बजेको समयमा हराईरहेकी हुँदा देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी अथवा बालिकाको आफन्त ९८४३९५६७८९, ९८२३११६२४६ मा सम्पर्क गरिदिनु हुन सविनम्र अनुरोध गर्दछौँ ।

काँडाघारी सनसिटी स्थित पुष्पबाटिका विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिका विद्यालयबाट बास्केट बल खेलेर घर फर्किने क्रममा बाटैबाट हराएकी हुँदा देख्नु वा भेट्नु हुने जो कोहीले बालिकाको आफन्त, विद्यालय तथा नजिकैको पुलिस चौकीमा खबर गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।

बालिकाले खैराे टिसर्ट, प्याजी कलरको टाउजर र निलो रंगको चप्पल लगाएकी छन् ।