बुधबारदेखि सबै उडान बन्द

Nepal Cover
७ असार २०७९, मंगलवार
image

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ गते गरेको निर्णय नसच्चाए निजी हवाई सेवा प्रदायक कम्पनीहरूले बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

वायु सेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मलेन गर्दै सरकारी निर्णय कार्यान्यवन नगरी ५ बुँदै माग अगाडि बढाउँदै यस्तो चेतावनी दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई सेवा प्रदायक कम्पनी जहाजको पार्किङका लागि लिएको अनुमति अनुसार नै जहाज पार्किङ गर्नु पर्ने र पहिले उडान त्यहीबाट गर्नु पर्ने निर्णय गरेको थियो । यसैगरी प्राधिरकणले हेलिकोप्टरमा २ जना पाइलट राख्नु पर्ने निर्णय समेत गरेको थियो ।

प्राधिकरणले हवाई जहाजको हकमा १३ गते र हेलिकोप्टर हकमा ७ गतेबाट नै नियम लागु गर्नुपर्ने बताएको थियो ।
हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी प्राधिकरणले भविष्यमा आई पर्ने समस्याहरुप्रति वेवास्ता गरिएको संघको आरोप छ ।

त्यसैगरी एकपक्षीय स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको दाबी गर्दै संघले उडान नै बन्द गर्ने निर्णय गरेको हो ।