सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने कर्मचारी पक्राउ

  Sampatti News Online

June 23, 2022

काठमाडौँ । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् ।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।

डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिएकाे जनाएका छन् ।

प्रकाशित मिति:June 23, 2022