पाँच वर्षीया बालिका बलात्कार गर्ने १८ वर्षीय किशोर पक्राउ

  Sampatti News Online

June 23, 2022

बारा । बारामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।

प्रहरीले बलात्कार गरेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई हिजो राति पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाईफकाई जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति:June 23, 2022