बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा

Nepal Cover
१५ असार २०७९, बुधबार
image

काठमाडौँ । ललितपुरको एकान्त कुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।

ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मङ्गलवार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनले पुलचोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए ।

आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो ।