सुन तस्करी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

  Sampatti News Online

July 1, 2022

काठमाडौं । राजस्व अनुसन्धान विभागले शुक्रबार अवैध सुन तस्करी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले पोखराको रामबजार बस्ने २५ वर्षिय रमेश सुनार र रुपन्देही घर भई हाल काठमाडौंको टोखामा बस्ने सुनिता बिक विरुद्ध मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत माघ १५ गते पोखराको पावरहाउस चोकबाट एक हजार ७.७० ग्राम सुन सहित रमेश सुनार पक्राउ परका थिए । उक्त सुनमा टोखामा रहेको गणेश ज्वलर्सका सञ्चालक सुनिता बिकको पनि संलग्न रहेको पाईएको छ । उनीहरु दुबैजनाले सुनको अवैध ओसार पसार गरि राजस्व चुहावट गरेको विभागको आरोप छ ।

राजस्व अनुसन्धान विभागका अनुसार बरामद भएको उक्त पहेँलो धातु परिक्षण गर्दा सुन रहेको र शुद्धता ९९९.९ भएको सुन भएको नदेखिएको थियो । चोरी पैठारी भएको सुनलाई गालेर अवैध ओसार पसार गरिएको, बैंक तथा दर्ता रहको फर्मबाट सुन खरिद नगरी अन्यन्त्रैबाट सुन चोरी पैठारी गरि बैधानिकबाट काँचो सुन खरिद गरिएको प्रमाण पेश गर्न उनीहरुले नसकेको विभागको भनाई छ । विभागले उनीहरु विरुद्ध ८० लाख १३० रुपैयाँ विगो माग दाबीसहित उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति:July 1, 2022