एकै दिन २ हजार ४२ जना सवारी चालकमाथि कारबाही

Nepal Cover
१९ असार २०७९, आईतवार
image

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९५ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लङ्घन गर्ने ५० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।