के छ आजको मौसम ?

  Sampatti News Online

July 3, 2022

काठमाडौँ । केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ ।

मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले नकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी पर्ने सम्भावना रहन्छ । अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ ।

यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ । राति भने वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति ठूलो पानी पर्ने हुँदा भिरलो जमिनमा बसोबास गर्नेलाई सवाधानि अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:July 3, 2022