छुट्टाछुट्टै स्थानबाट २१ जुवाडे पक्राउ

  Sampatti News Online

July 3, 2022

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराज सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईको उक्त होटलमा जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा सल्यान शारदा नगरपालिका ११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका १० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति:July 3, 2022