बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति

  Sampatti News Online

July 8, 2022


काठमाडौं। शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठबले बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद बढाउन सहमति जुटाएका छन् । समितिले यौनहिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हो । महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनुपर्ने माग गर्दै आएका थिए ।
यस्तै, थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
समितिले जुटाएको सहमतिअनुसार अब कुनैपनि बलात्कारमा परेका नाबालिगले बालिग १८ वर्ष पूरा भएको ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नुपर्ने छ भने बालिगको हकमा भने घटना भएको २ वर्षभित्र उजुरी गर्नुपर्ने छ ।

यस्तै, समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:July 8, 2022