पूर्व कार्यकारी प्रमुख शर्मालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर

  Sampatti News Online

August 12, 2022

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर गरेका छन् ।

न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको छ । यसअघि सर्वोच्चको संयुक्त इजलासले यही मुद्दामा फैसला सुनाउँदै शर्मालाई दोषी ठहर गरेका थिए ।

त्यस पछी उनले सर्वोच्चमा पुनरावलोकनका लागी निवेदन दिएका थिए । २०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक थिए । पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्चले ५३ लाख ९९ हजार ७८० बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो ।
सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप ३ महिना कैद हुने फैसला सुनाएको थियो ।

त्यसबेला विशेष अदालतले भने उनलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति:August 12, 2022