महिला र पुरूष मृत अवस्थामा फेला

  Sampatti News Online

August 16, 2022

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेको हो । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ र ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत अवस्थामा फेला परेका छन्।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर, उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको जनाइएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको हो र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति:August 16, 2022