बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ

  Sampatti News Online

October 14, 2022

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने ४४ वर्षीय शशी शर्मालाई आज दिउँसो पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका-१५ सतुंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।

यसैगरी बैंकिङ कसुर मुद्दामा २ लाख ८ हजार जरिवाना र एक दिन कैद सजाया भएका कास्कीका मादी गाउँपालिका– ७ घर भई काठमाडौंको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत आजै पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले आज बालाजु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:October 14, 2022