February 7, 2023
काठमाडौँ – टर्कीको भूकम्पका कारण तीन हजार ७०० जनाभन्दा धेरैको ज्यान गएको छ । सोमबार गएको भूकम्पमा परी अहिलेसम्म टर्कीमा दुई हजार ३०० जना र सिरियामा एक हजार ४४४ जना गरी तीन हजार ७४४ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको अन्तर्राष्टंरिय सन्चार माध्यमहरूले जनाएका छन् ।
टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरबारविहीन भएका छन् । विस्थापितहरूलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।
यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरूको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।
अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली सङ्घ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धार टोली पुग्ने क्रम सुरु भएको छ ।
प्रकाशित मिति:February 7, 2023
March 28, 2025
March 28, 2025