ट्विटरको लोगोमा परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर

  Sampatti News Online

April 4, 2023

काठमाडौं । सामाजिक प्लेटफर्म ट्विटरमा अर्को ठूलो परिवर्तन गरिएको छ

सामाजिक प्लेटफर्म टविटरमा अर्को ठूलो परिवर्तन गरिएको छ। यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । अब निलो चराको ठाउँमा कुकुर हुन्छ ।

यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। किनभने  ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन् ।

सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:April 4, 2023