सरकार ढल्छ भन्नु भ्रम: प्रधानमन्त्री दाहाल

Nepal Cover
१८ बैशाख २०८०, सोमबार
image

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन नहुने स्पष्ट पार्नुभयो ।

उहाँले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउनुहुँदै उहाँहरूलाई सरकारमा ल्याउने तयारी भई रहेको बताउनुभयो ।

रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा पुग्न सकिने उहाँले बताउनुभयो । सरकार पटक पटक पुनर्गठन हुनुमा आफ्नो पार्टीकै एक्लो बहुमत नहुँदा हुनु परेको बताउनुहुँदै उहाँले महावीर पुनले उठाएका माग सरकारले सम्बोधन गर्ने बताउनुभयो।