रवि लामिछानेका सवारी चालक थापाको निधन

  Sampatti News Online

May 2, 2023

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।

उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा थप उपचार भइरहँदा मंगलबार निधन भएको हो । दिउँसो २ बजेतिर थापाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

 ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट  खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

प्रकाशित मिति:May 2, 2023