पूर्वमन्त्री रायमाझी भैरहवाबाट पक्राउ र छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

  Sampatti News Online

May 4, 2023

काठमाडौँ । नक्कली भुटानी शरणार्थी करणमा मुखिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनी भैरहवाबाट भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौँ ल्याइँदै छ। बुद्ध एयरको जहाजमार्फत उनलाई काठमाडौँ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता  डिएसपी श्यामु अर्यालले बताए ।

प्रहरी स्रोतका अनुसार रायमाझी आज (बिहीबार) विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनी भैरहवाबाट बाहिर भाग्दै गर्दा पक्राउ गरेको प्रहरी गोप्य स्रोतले बतायो ।

उनका छोरा सन्दीप रायमाझी हिजो (बुधबार) साँझ बुटवलबाट पक्राउ परेका छन् । बुधबार नै रायमाझी बाबुछोरालाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रकाशित मिति:May 4, 2023