नवनियुक्त तीन मन्त्रीले लिए शपथ

  Sampatti News Online

May 4, 2023

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन्।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।

नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । आठौं पटकको विस्तारमा पनि सरकारले पूर्णता पाएको छैन । खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति:May 4, 2023