आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल हुँदै

  Sampatti News Online

May 8, 2023

काठमाडौँ । संसदमा आजदेखि तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।

हिजो (आइतबार) बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आज सोमबारबाट प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।

जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्रि–बजेटका बारेमा छलफल हुने  संसद सचिवालयले जनाएको छ । उनका अनुसार प्रि–बजेटमाथि विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

प्रकाशित मिति:May 8, 2023