एमाले केन्द्रीय कमिटी बैठक बस्दै

  Sampatti News Online

May 11, 2023

काठमाडौँ — आजदेखि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक आजदेखि ३० गतेसम्म बस्नेछ । बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्य योजना, केन्द्रीय सदस्यको कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरू सहभागी हुनेछन् ।

प्रकाशित मिति:May 11, 2023