प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

  Sampatti News Online

May 14, 2023

काठमाडौँ । शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता भएकाे  छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

तीन नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति तरङ्गित भइरहेको बेला ठुला दलका तीन शीर्ष नेताबीच निरन्तर भेटवार्ता र छलफल भइरहेको छ।

प्रकाशित मिति:May 14, 2023