प्रधानमन्त्रीले आजको संसद् बैठकमा भ्रष्टाचार निवारण विधेयक पेश गर्दै

Nepal Cover
१ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

नेपाली कांग्रेसबाट विसं. २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य तथा सामाजिक एवं साहित्य क्षेत्रमा सक्रिय पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा मिति २०८० साल वैशाख २९ गते निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।