१०-१५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम अब समाप्त हुन्छ: मन्त्री यादव

  Sampatti News Online

May 25, 2023

रौतहट ११जेठ। नेपाली कांग्रेस प्रदेश सभापती तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकार द्वारा विकासको नाउँमा अब ठोस काम हुने प्रतिबद्धता जनाएका छन। बिगतमा मधेश प्रदेशका कैयौं मन्त्री द्वारा १० लाख १५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम भयो तर अब त्यसो नहुने उनले प्रतिबद्धता जनाएका हुन्।

मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो पटक गृह जिल्ला रौतहट पुगेका यादवको सम्मान तथा स्वागत गर्न नेपाली कांग्रेस जिल्ला कमिटी रौतहटले एउटा कार्यक्रमको आयोजना गरेको थियो। सदरमुकाम गौर स्थित पार्टीे कार्यालयमा आयोजीत कार्यक्रमका प्रमूख अतिथि मन्त्री कृष्ण प्रसाद यादवले कार्यकर्ता लाई पैसा बाँडेर व्यक्तिगत फाईदा कसैलाई हुनसक्छ तर समग्रमा देश लाई ठूलो क्षति हुने जिकिर गरे।

अबको दिनमा जिल्लामा ठोस काम हुन्छ जुन कामको सर्वसाधारण सबैले अनुभूति गरुन उनले भनें त्यसो गर्दा मधेश सरकारको काम गराउने व्यक्तिको र पार्टीको समेत नाम हुन्छ सवैलाई जस पाउँछ।आम नुक्सानी कूनै हालतमा सह्य हुँदैन, विकास निर्माणको कामले जिल्ला लाई अगाडी बढाउनु पर्छ जून आउने सन्ततिले पनि सम्झी रहुन मन्त्री यादवले भने। मानव सूचकांकमा सबभन्दा पछाडी रहेको जिल्ला रौतहटलाई अगाडि बढाउन सवै एकजुट हुन उनले आग्रह गरेका थिए। स्वर्गीय शेख ईदरिशको नामले चिनिने जिल्ला रौतहट रहेको बताउदै आफु स्वयं उनको अनुवाई रहेकाे प्रस्ट्याएका थिए।

पहिलोपटक मन्त्री हुँदा अवसर र चुनाैती दुबै सङ्गै रहेकाले विकास निर्माण लगायतका काममा सबै नेता कार्यकर्ताको सहयाेग अपरिहार्य रहेको मन्त्री कृष्ण प्रसाद यादवले चर्चा गरेका थिए। आउँदा दिनमा नेपाली कांग्रेस भित्र युवाको नेत्रित्व आवश्यक रहेको तथा पार्टी र संगठन सुदृढीकणका मार्फत आगामी निर्वाचनका रौतहट लाई काँग्रेसमय बनाउने उदघोष गरेका थिए। कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद सुनील यादव जितेन्द्र, नेता रामचन्द्र गिरिले पिछडिएको जिल्ला रौतहट लाई विकासको माध्यमले अगाडि बढाउन आग्रह गरेका थिए। उक्त अवसरमा कांग्रेसका नेताहरू हृदय नारायण यादव, रामास्नेहि यादव, कटहरियाका मेयर अजयप्रकाश जैसवाल, सर्फालाल गुप्ता, सुनील यादव, लगायत जिल्लाभरिका सैयौं नेता कार्यकर्ताको सहभागिता रहेको जनकपुर बाट प्रकाशित हुने मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन।

प्रकाशित मिति:May 25, 2023