रेशम चौधरीको सजाय माफीकाे प्रस्ताव राष्ट्रपति कार्यालयमा

  Sampatti News Online

May 25, 2023

काठमाडौँ । सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ ।

सरकारले पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारीका साथ सो प्रस्ताव राष्ट्रपति कार्यालय पुर्याएको हो ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए ।

प्रकाशित मिति:May 25, 2023