मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

  Sampatti News Online

May 28, 2023

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० का लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ। 

बैठकमा १५ गते(भोलि) गणतन्त्र दिवसमा हुने कैद छुट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ । दुवै विषयमा अस्ति बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक मन्त्रीले प्रशासनसँग बताए । 

उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् । मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् । 

प्रकाशित मिति:May 28, 2023