प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता हुँदै

  Sampatti News

June 1, 2023

काठमाडौँ । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्ड आज बिहानै दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुग्नेछन्। त्यहाँ गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेपछि उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन्। यस लगत्तै दाहालले आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले साँझ होटेल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति:June 1, 2023