नेपाल र भारतबीच ७ समझदारी पत्रमा हस्ताक्षर

  Sampatti News Online

June 1, 2023

नयाँदिल्ली । नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।  

सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण,   दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

त्यसका लागि भारतले झन्डै १७ अर्ब रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने भएको छ। त्यसबाट दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारणस्थल निर्माण हुने भएको छ।

 भण्डारणस्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारणस्थल निर्माण हुनेछ।
 
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच लामो समयदेखि उक्त पाइपलाइन निर्माणका विषयमा छलफल हुँदै आए पनि सहमति हुन सकेको थिएन। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सरकारीस्तरमै ती परियोजना अगाडि बढाउने सहमति भएको हो।

प्रकाशित मिति:June 1, 2023